मैले बनाएका मूर्तिहरुमा श्रम मात्र नभई त्यसभित्र मेरो भावना र साधना पनि मिसिएको छ । हरेक मूर्तिका बारेमा म सूक्ष्म रुपमा अध्ययन गर्छु, साधनाबाट महसुस गर्छु र आफूले सकेसम्मको स्वरुप बनाएर प्रस्तुत गरिदिन्छु । आज पनि मूर्ति बनाउने काममा मलाई जोस, जाँगर, हौसला, सन्तुष्टि सबै मिलिरहेको छ र मेरो दैनिकी मूर्तिकला बनेको छ ।