आधा आकाश ढाकेका हामी महिलाहरुले हाम्रो जिम्मेवारी आधा मात्रै हो भनेर कहिल्यै छुट्टयाएनौ“ । कहिल्यै पनि हामीले हाम्रै लागि निस्फिक्री बाँच्न जानेनौ“ र हामीले हामीभित्रको ‘म’ ले के चाहन्छ, त्यो कहिल्यै नियालेनौँ ।
भाषा र साहित्य नै एउटा यस्तो माध्यम हो जसले समाजलाई सजिलैसँग जोड्ने काम मात्रै नभई व्यक्ति-व्यक्तिलाई भावनात्मक रुपमा बाध्ने काम पनि गर्दछ । जब हामीभित्रको ‘म’ ले केही समय पायो, त्यही समय हामी जोडियौ“ सिर्जनात्मक लेखन प्रशिक्षण कक्षामा । हो त्यही समय हामी चार दिदी-बहिनीको लागि ‘शब्द संसार’ अन्तर्गत ‘मञ्चविहीनको मञ्च’ जन्माउने एउटा प्रारम्भिक मिलनविन्दु बन्न पुग्यो । त्यति मात्र नभई हाम्रो चार मन एक मञ्चमा परिणत भयो ।
बालकदेखि वृद्धसम्म, सडकदेखि जेलसम्म, सुगमदेखि दुर्गमसम्म मात्र नभई विदेशी भूमिमा पोखिएका नेपालीका हाँसो, आँसु, सुस्केराका अनुभूतिहरुलाई मञ्चमा समेट्दै र अङ्गाल्दै निरन्तर लागिरहेका छौँ र लागिरहने छौँ । यसैमा हामीले हामीभित्रको ‘म’ खुसी र सन्तुष्ट भएको पाएका छौँ ।