आफ्नो आत्मवृत्तान्तको यो पुस्तकमा आजसम्मको म पनि पूणर्रूपमा प्रतिविम्बित नहुन सक्छु भन्ने कुराप्रति म पूणर्तः सचेत छु। म अझै पनि सक्रिय निजी, पारिवारिक र सामाजिक जीवन बिताइरहेको छु। त्यसैले मेरो जीवन रहेसम्म मेरा भोगाइहरू, अनुभव र अनुभूतिहरू एक एक गरी थपिँदै जानसक्छन् । त्यसैले मेरो आत्मसंस्मरणको पुस्तकको यो भाग अन्तिम होइन, पहिलो मात्र हो भन्ने मलाई लागेको छ ।